२२ मंसिर २०८०, शुक्रबार

भेरी नदीमा खसेर एक जना बेपत्ता

मध्यमार्ग

जाजरकोट । जाजरकोटमा एक जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भेरी नगरपालिका वडा नं. ७ पुन्माका ४७ वर्षीय नरू चन्द रहेको प्रहरीले जानकारी दिएको छ ।

२७ गते दिउँसो साढे ३ बजेको समयमा शिवालय गाउँपालिका – १ छेडाचौरबाट पैदल हिँडेर घर जाने क्रममा छिन्चु जाजरकोट सडकखण्डको छेडागाड नगरपालिका-१३ को गारातारा भन्ने स्थानमा शौच गर्न जाँदा चिप्लिएर भेरी नदीमा खसेको उनका छोरा विक्रम चन्दले जनाए ।

बेपत्ता चन्दको खोजीकार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीको टोली खटिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

२८ श्रावण २०८०, आईतवार १२:२८ मा प्रकाशित
Nabintech