२२ मंसिर २०८०, शुक्रबार

भीरबाट लडेर घाइते भएका युवकको हेलिकप्टरबाट उद्धार

मध्यमार्ग

जाजरकोट । जिल्लाको कुशे गाउँपलिकामा भीरबाट लडेर गम्भिर घाइते भएका एक युवकको हेलिकप्टरबाट उद्वार गरिएको छ । भीरबाट लडेर घाइते भएका कुशे गाउँपालिका ९, पैंकका २२ वर्षका महेन्द्र सिंहलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सोमवार बेलुका घाँस काट्न गएका उनी घर नफर्किएपछि परिवारले खोसतलास गर्दा मंगलबार विहान घर नजिकैको भीरबाट लडेको अवस्थामा भेटिएको कुशे गाउँपालिका ९ का वडाध्यक्ष शिव गिरीले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्जमा पठाइएको छ

उनको दुबै खुट्टा भाँचिएको, टाउको तथा शरीरका अन्य भागमा समेत गहिरो चोट लागेकोले थप उपचारका लागि नेपालगञ्ज पठाइएको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी ।

३० श्रावण २०८०, मंगलवार २०:३९ मा प्रकाशित
Nabintech