२२ मंसिर २०८०, शुक्रबार

छेडागाड नगरपालिकाको ६ नम्बर वडालाई बालविबाह निषेधित वडा घोषणा

मध्यमार्ग

जाजरकोट । छेडागाड नगरपालिकाको ६ नम्बर वडालाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । नगरपालिकाको बालविवाह न्युनीकरण रणनीति योजना–२०७७, बालविवाह र बाल हिंसा मुक्त वडा÷नगरपालिका घोषणा निर्देशिका–२०७९ ले निर्धारण गरेका सुचकहरु पुरा गरेपछि ६ नम्बर वडालाई बालविवाह निषेधित वडा घोषणा गरिएको हो ।

वडा कार्यालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा नगरपालिकाद्धारा बालविवाह निषेधित वडा घोषणा गरिएको थियो । बालविवाह कानुनी अपराध भएकाले सामाजिक रुपमा बहिष्कार गरौ,बालविवाहका असरबारे समयमै सचेत भई  नगरौ, नगराऔ भन्ने मुल नारा सहित बिभिन्न कार्यक्रमहरु गरी उक्त घोषणा कार्यक्रम सम्पन्न गरिएको थियो ।

नगरपालिकाले बिभिन्न ऐनहरु जारी गरी बाल अधिकार संरक्षण गर्न, बालविवाह तथा बाल हिंसा मुक्त गर्ने कार्यमा निरन्तर रुपमा सरोकारवालाहरुसंग सहकार्य तथा समन्वयमा काम गरिरहेको छेडागाड नगर प्रमुख रत्न खड्काले बताए । बालविवाह तथा बाल हिंसा न्युनीकरण गर्न सबै जना बिशेष गरी अभिभावकहरु सचेत हुनुपर्नेमा नगरप्रमुख खड्काले जोड दिए ।

नगरपालिकाका अन्य वडाहरुमा पनि यसैगरी बालविवाह मुक्त गरिने नगर प्रमुख खड्काले भनाई राखेका थिए । शैक्षिक गुणस्तर बृद्धि गरेर मात्र सामाजिक कुरितीहरु कम हुदै जाने बताउदै प्रमुख खड्काले यसका लागी सबै अग्रसर हुनु जरुरी रहेको बताए ।

३१ भाद्र २०८०, आईतवार ११:१९ मा प्रकाशित
Nabintech