२२ मंसिर २०८०, शुक्रबार

एसियन एथलेटिक्स एसोसियनको सदस्यमा राजीवबिक्रम शाह सर्वाधिक मतसहित निर्वाचित

मध्यमार्ग

एसियन एथलेटिक्स एसोसियसनको सदस्यमा राजीवबिक्रम शाह निर्वाचित भएका छन् ।

थाईल्याण्डको बैंककमा भएको साधारण सभाले नेपाल एथलेटिक्स एसोसियसनका अध्यक्षसमेत रहेका शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।

कार्यसमिति सदस्य पदमा मतदान हुँदा शाहले सर्वाधिक ३४ मत प्राप्त गरे । कार्यसमितिका ८ जना सदस्यका लागि १६ जनाबीच प्रतिस्पर्धा भएको थियो ।

एसोसियनसनको अध्यक्षमा कतारका दहलान जमन बी अल हमद निर्विरोध निर्वाचित भएका छन् ।

२८ असार २०८०, बिहीबार १०:२९ मा प्रकाशित
Nabintech