२० असाेज २०७९, बिहीबार
प्रिमियर लिगमा चेल्सीको सानदार जित, बर्नले ४-० गोलले पराजित
  • मध्यमार्ग

लण्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ। गएराति भएको खेलमा चेल्सीले बर्नलेलाई उसकै मैदानमा ४–० ले पराजित गरेको हो।

चेल्सीको जितमा जर्मन विंगर फरवार्ड काई हाभर्टजले दुई गोल गर्दा रिस जेम्स र क्रिस्टियन पुलिसिसले समान एक गोल गरे। टर्फ मुरमा भएको खेलमा चेल्सीले घरेलु टोली बर्नलेलाई दवावमा राखे पनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।

खेलको ४७औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। उनले ट्रिभो चलोवाहको पासमा गोल गरेका थिए। ५२औं मिनेटमा काई हाभर्टजले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। उनले क्रिस्टियन पुलिसिसको पासमा गोल गरेका थिए।

खेलको ५५औं मिनेटमा काईले रिस जेम्सको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै चेल्सीलाई सहज जिततर्फ अघि बढाए। खेलको ६९औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई फराकिलो जित दिलाए।

जितसँगै चेल्सीले शीर्ष तीनमा बलियो पकड बनाएको छ। तेस्रो स्थानमा रहेको चेल्सीको २६ खेलमा ५३ अंक रहेको छ। पराजित बर्नले २६ खेलबाट २१ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ।

  • २२ फागुन २०७८, आईतबार ०७:२३ मा प्रकाशित
  • Nabintech