प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।
संघीय संसद्का महासचिव डा भरतराज गौतमले आइतबार दिनको १ बजे बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आ. व २०७७/७८’ पेस गर्नेछन्।
यही फागुन १५ गतेको बैठकले एमसीसी सम्झौता अनुमोदन गरेको थियो। १८ गतेको बैठक ७ मिनेटमै स्थगित भएको थियो।
२२ फागुन २०७८, आईतबार ०७:४५ मा प्रकाशित