२० असाेज २०७९, बिहीबार
राष्ट्रिय सभाका १९ सांसदले लिए शपथ, को को हुन् उनीहरू?
  • मध्यमार्ग

राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन्। शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उनीहरुलाई शपथ गराएका थिए। माघ १२ गते सम्पन्न निर्वाचनमा १९ जना नयाँ सदस्य निर्वाचित भएका थिए। निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भएका थिए।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक/एक जना सदस्य निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ।

माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ ।

गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि फागुन २० गतेदेखि समाप्त भएको छ ।

  • २१ फागुन २०७८, शनिबार १३:२८ मा प्रकाशित
  • Nabintech