९ असाेज २०७९, आईतबार
अब मोबाइलबाटै लिन सकिन्छ २ लाखसम्म ऋण, प्रभु बैंकले ल्यायो यस्तो सुविधा
  • मध्यमार्ग

प्रभु बैंकले अत्याधुनिक प्रविधिको उच्चतम् उपयोग गर्दै ग्राहकहरुको लागि मोबाइलबाटै कर्जा लिन मिल्ने फोन लोन सुविधा सञ्चालनमा ल्याएको छ।

बैंकका ग्राहकहरुले आफ्नो मोबाइलमा रहेको प्रभु मोबाइल बैंकिङ सफ्टवेयरको माध्यमबाट आफूलाई आवश्यक परेको जुनसुकै बेला सजिलै २ लाखसम्मको फोन लोन सुविधा लिन सक्ने भएका हुन्। यो सुविधा हालको लागि बैंकमा तलबी खाता खोली बैंकिङ कारोबार गरिरहेका ग्राहकहरुले मात्र उपभोग गर्नसक्ने व्यवस्था मिलाइएको छ।

यो सुविधा उपभोग गर्नका लागि प्रभु बैंकका ग्राहकले आफ्नो मोबाइलमा रहेको मोबाइलल बैंकिङ सफ्टवेयरबाट फोन लोनका लागि अनुरोध गर्न सक्नेछन्।

फोन लोनका लागि अनुरोध प्राप्त हुनासाथ सम्बन्धित ग्राहकको कारोबारको विवरण समेतलाई आधार बनाई सम्बन्धित ग्राहकले फोन लोन सुविधा अन्तर्गत लिन पाउने कर्जा सीमा निर्धारण हुनेछ। यो कर्जाको भुक्तानी अवधि बढीमा ३६ महिनासम्मको हुनेछ ।

यसबाट तत्काल साथमा नगद नभएका कारण आर्थिक अभावबाट गुज्रिनु पर्ने अवस्थाको अन्त्य हुनेछ। साथै, सानोतिनो कर्जा कारोबारको लागि बैंकमा उपस्थित हुनु पर्ने झण्झटको अन्त्य हुनेछ। बैंकले सञ्चालनमा ल्याएको फोन लोन सुविधा उपभोग गरी अधिकतम लाभ लिन सक्ने छन् भन्ने बैंकले विश्वास लिएको छ।

  • २० फागुन २०७८, शुक्रबार २२:२० मा प्रकाशित
  • Nabintech