पोखरामा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ। पोखरा महानगरपालिका–२० मौजामा स्थानीय क्लबले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा विवाद हुँदा लामडाँडा बस्ने ३७ वर्षीय चोकेन्द्र गुरुङको हत्या भएको हो।
उनीमाथि गएराति १ बजेतिर तीन युवाको समूहले चक्कु प्रहार गरेको थियो। चक्कु प्रहारबाट गम्भीर घाइते भएका चोकेन्द्रको केही समयपछि मृत्यु भएको थियो।
प्रहरीले उक्त घटनामा संलग्नलाई दुई घण्टामै पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा लामडाँडाका २९ वर्षीय प्रकाश गुरुङ, पोखरा लामाखेतका २५ वर्षीय निशान गुरुङ र सोही ठाउँका ३० वर्षीय डिलबहादुर भनिने प्रितम गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा प्रवक्ता सुन्दर तिवारीले बताए। उनीहरुलाई भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।
उनीहरुको साथबाट हत्यामा प्रयोग भएको चक्कु समेत बरामद भएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तज्य ज्यानको कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
२० फागुन २०७८, शुक्रबार १९:०६ मा प्रकाशित