९ असाेज २०७९, आईतबार
सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना : सहचालकको मृत्यु, चालक घाइते
  • मध्यमार्ग

सिन्धुपाल्चोकमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान साढे आठ बजे चौतारा सागाँचोकगढी नगरपालिका-१२ खहरे केराबारीछापस्थित निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम गर्ने क्रममा बा २ क ६६१८ नम्बरको जेसीबी भएको थियो।

दुर्घटनामा परि जेसीबीका सहचालक महोत्तरीको बर्दिबास नगरपालिका- ६ बस्ने १८ वर्षका का रोहित आले मगरको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए।

माटो भासिएपछि जेसीबी सडकबाट करिब एक सय मिटर खसेको थियो। दुर्घटनामा जेसीबी चालक बाँकेको राप्तीसोनारी गाउँपालिका- ४ का २२ वर्षीय प्रकाश चौधरी घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको छ। चालकलाई नियन्त्रणमा लिएर घटनाबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ।

  • २० फागुन २०७८, शुक्रबार १०:०७ मा प्रकाशित
  • Nabintech