१० मंसिर २०७९, शनिबार
पुटिन भन्छन्- युक्रेनमा हाम्रो लक्ष्य हासिल गरेरै छाड्छौं
  • मध्यमार्ग

रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको टेलिफोन वार्तामा युक्रेनले वार्तामा ढिलाइ गर्ने प्रयास गरे रुसले त्यसको जवाफ दिने पुटिनले बताए।

पुटिनले रुसले युक्रेनलाई ‘असैनिकीकरण’र तटस्थ बनाउने बताएका छन्। वार्ताका क्रममा पुटिनले म्याक्रोनको भनाइसँग पनि असहमति जनाएका थिए। जसमा म्याक्रोनले युद्ध सुरु गर्न रुसी राष्ट्रपति जिम्मेवार रहेको बताएका थिए।

युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्रसंघले बताएको छ। रुसले भने युक्रेनसामु ‘असैनिकीकरण’ गर्न तथा क्राइमियालाई रुसी क्षेत्र मान्न माग गरिरहेको छ।

साथै पूर्वी युक्रेनका डोनेत्स्क तथा लुहान्स्कलाई पनि पृथक भएको मान्यता दिन मस्कोले भनिरहेको छ। बुधबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युद्धविरामका लागि हुने कूटनीतिक प्रयासप्रति अमेरिकाको समर्थन रहने बताएका थिए।

  • १९ फागुन २०७८, बिहीबार २२:५३ मा प्रकाशित
  • Nabintech