९ असाेज २०७९, आईतबार
एनएसएलको अक्सन रोकिने, एन्फालाई गुहार्न पुगे मछिन्द्रसहित ८ क्लब
  • मध्यमार्ग

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि शुक्रबार तय भएको अक्सन रोकिने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच बिहीबार अपरान्ह्र बसेको बैठकले अक्सन स्थगित गर्न एनएसएल आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिलाई पत्र लेख्ने निर्णय गरेको हो।

आयोजक एनइएसएमले सोल्टीमा बिहान १० बजे अक्सनका लागि तयारी गरेको थियो। यद्यपि, त्यसप्रति सहिद स्मारक ए डिभिजन लिग च्याम्पिनयन मछिन्द्रसहित संकटा, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स क्लबले आफूहरूसँग अनुबन्ध भएका खेलाडीलाई एनएसएलले समावेश गरेर अक्सन लागेको भन्दै आपत्ती जनाएका थिए।

एन्फा पुगेका ८ क्लब र उपलब्ध एन्फाका पदाधिकारीबीचको छलफलले भोलिको अक्सन रोक्न एनइएसएमलाई पत्र काट्ने निर्णय गरेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले बताए।

  • १९ फागुन २०७८, बिहीबार २२:३९ मा प्रकाशित
  • Nabintech