२० असाेज २०७९, बिहीबार
मनाङसँग पराजित भयो दिल्ली फुटबल क्लब
  • मध्यमार्ग

फाइल तस्बिर/एन्फा

मनाङ मर्स्याङ्दी क्लबले पाँचौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले पाहुना टोली भारतको दिल्ली फुटबल क्लबलाई २–१ ले हराएको हो।

मनाङको जितमा अन्जन विष्ट र विमल रानाले गोल गरे। कृष्णको गोलबाट दिल्लीले अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन।

७१औं मिनेटमा कृष्णको गोलबाट दिल्लीले अग्रता लिएको थियो। तर, ८२औं मिनेटमा अन्जले बराबरी गोल फर्काएका थिए। त्यस्तै, परिवर्तित खेलाडी विमलले ८५औं मिनेटमा गर्दै मनाङलाई २–१ को जित दिलाए।

प्रतियोगितामा शुक्रबार एनआरटी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ।

  • १९ फागुन २०७८, बिहीबार २२:३४ मा प्रकाशित
  • Nabintech