नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य बढाएको हो।
नयाँ मूल्य अनुसार उपत्यकामा अब पेट्रोल प्रतिलिटर १५० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टितेल १३३ रुपैयाँ पुगेको छ। पेट्रोल तथा डिजेलको यो मूल्य अहिलेसम्मकै उच्च हो।
यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ पनि प्रतिलिटर १० रुपैयाँ मूल्य बढाएको छ। यता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनकाे मूल्य प्रतिकिलाेलिटर १ सय डलर बढेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ।

१९ फागुन २०७८, बिहीबार २१:३८ मा प्रकाशित