९ असाेज २०७९, आईतबार
तपाईंको मतदाता नामावलीमा त्रुटि छ?, फागुन २६ गतेसम्म सच्याउन पाइनेछ
  • मध्यमार्ग

तपाईंको मतदाता नामावलीमा कुनै त्रुटि छ? छ भने तपाईंले आउँदो वैशाखमा तय भएको स्थानी निर्वाचनमा सहभागी हुन पाउनु हुने छैन। त्यसकारण पहिले तपाईंले त्रुटि सच्याउनुपर्नेछ।

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि फागुन २६ गते सम्मको समय दिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि आयोगले शुक्रबार गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ।

आफ्नो मतदाता नामावलीमा त्रुटि भए सच्याउनका लागि फागुन २६ गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ। कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने, उजुरी परेको मतदातालाई प्रमाण सहित सफाइको मौका दिने जस्ता क्रियाकलपाहरु फागुन २० गतेदेखि फागुन २६ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका ८० वटा राजनीतिक दलहरुको निवेदनका विषयमा आयोगले आवश्यक जाँचबुझ गरिरहेको छ। निर्वाचनमा भाग लिने राजनीतिक दलहरुको नाम फागुन २६ गतेभित्रमा प्रकाशन गरिने जनाइएको छ।

आयोगले स्थानीय तह निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र ती नामावलीहरु हाल अध्ययनको क्रममा रहेको समेत उल्लेख गरेको छ।

निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन सञ्चालन एवम् व्यवस्थापनका लागि आयोगलाई अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेटको सुनिश्चितता प्राप्त भएको छ।

  • २० फागुन २०७८, शुक्रबार ०७:२५ मा प्रकाशित
  • Nabintech