२० असाेज २०७९, बिहीबार
९ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ललितपुरमा एक जना पक्राउ
  • मध्यमार्ग

९ वर्षीया बालिकालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा ललितपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–२ शंखुका २८ वर्षीय सन्तमान थोकर छन्।

थोकरले ९ वर्षीया एक बालिकालाई ललाइ फकाइ आफ्नै घरमा बलात्कार गरेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

पीडित बालिकाका परिवारले दिएको उजुरीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमको टोलीले बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका थोकरविरुद्ध जबरजस्ती करणीको कसूरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका थोकर अहिले महानगरीय प्रहरी वृत्त चापागाउँको हिरासतमा छन्।

  • १९ फागुन २०७८, बिहीबार १९:०६ मा प्रकाशित
  • Nabintech