२० असाेज २०७९, बिहीबार
फेरि सर्‍यो कबड्‌डीको ‘फाइनल म्याच’
  • मध्यमार्ग

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को प्रदर्शन मिति सरेको छ।

सरकारले वैशाख ३० गतेलाई घोषणा गरेको स्थानीय निर्वाचनले फिल्मलाई प्रभाव पार्ने भन्दै निर्माण पक्षले प्रदर्शन मिति सार्ने निधो गरेको हो।

यसअघि फिल्म वैशाख २३ मा प्रदर्शन हुने घोषणा भएको थियो। तर, अब भने फिल्म जेठ १३ गते प्रदर्शन हुने भएको छ।

‘कबड्डी ४ : द फाइनल म्याच’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराललगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मका निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त लेखनमा बनेको फिल्मलाई विशाल गुरुङ, सुष्मा गुरुङ, मनिराम पोखरेल, मधु मिजार, ओम चन्द रौनियारलगायतको लगानी रहेको छ।

यसअघि कबड्‌डी फिल्मका तीनवटा सिक्वेल बनिसकेका छन्। अब कबड्‌डीको सिक्वेल नबनाउने निर्देशक गुरुङले घोषणा गरिसकेका छन्।

  • १९ फागुन २०७८, बिहीबार १७:२१ मा प्रकाशित
  • Nabintech