१७ असाेज २०७९, सोमबार
सहकारीको ब्याजदर चार-चार माहिनामा पुनरवलोकन गरिने
  • मध्यमार्ग

हकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ ब्याजदर चार-चार महिनामा पुनरवलोकन गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकीकृत निर्देशन विषयक’ छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिँदै उनले अहिले सहकारी संघ/संस्थाहरुको सन्दर्भ व्याजदरलाई छिटो–छिटो हेर्नुपर्ने देखिएकोले विभागले त्यसका लागि तयारी थालेको बताए।

‘दुई/तीन वर्षदेखि सहकारीको ब्याजदर पुनरवलोकन भएको रहेनछ, अब चार-चार महिनामा पुनरवलोकन गर्ने तयारी भइरहेको छ,’ रजिस्ट्रार पण्डितले भने, ‘गत सातामात्रै कायम भएको १६ प्रतिशत ब्याजदर तत्कालका लागि हो, नेपाल राष्ट्र बैंकले केही दिनपछि तथ्यांक सार्वजनिक गरेपछि सोहीअनुसार हामीले पनि ब्याजदर पुनरवलोकन गर्नुपर्ने हुन्छ, बजारको स्थिति अध्ययन गरेर नै हामीले सन्दर्भ ब्याजदर निर्धारण गर्ने हो।’

यस्तै, उनले विभागले सहकारी संघ/संस्थाका लागि जारी गरेको एकीकृत निर्देशन आफूलाई पनि खासै मन नपरेको तर्क दिए। उनले सहकारी प्रवर्द्धन कोषमा अहिले रकम जम्मा हुन पनि रोकिएको जानकारी गराए। कर्जा सूचना केन्द्र र सघन अनुगमन पनि आवश्यक रहेको बताउँदै उनले त्यसका लागि आफू लागिपर्ने धारणा राखे।

  • १९ फागुन २०७८, बिहीबार १०:०७ मा प्रकाशित
  • Nabintech