१० मंसिर २०७९, शनिबार
बलेफी हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद पुन: थपियो
  • मध्यमार्ग

लेफी हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) भर्ने म्याद थपेको छ। माघ २७ गतेदेखि सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद फागुन २६ गतेसम्म थप गरिएको हो।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण सेयर निष्कासन गरेको छ।

निष्कासन गरिएको कुल सेयरमध्ये ६० प्रतिशत अर्थात् १० लाख ९६ हजार ७८२ कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं. २, ३, ४ का बासिन्दाका लागि र बाँकी ४० प्रतिशत अर्थात् सात लाख ३१ हजार १८८ कित्ता जुगल गाउँपालिका वडा नं. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं. १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको वडा नं. ७ का बासिन्दाहरुका लागि रहेको छ।

आईपीओमा सर्वसाधारणले कुमारी बैंकको जलवीरे शाखा, एनसीसी बैंकको बाँडे शाखा, ग्लोबल आईएमई बैंकको चौतारा शाखा, लक्ष्मी बैंकको चौतारा र खाडीचौर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्ने छन्।

  • १९ फागुन २०७८, बिहीबार ०९:४० मा प्रकाशित
  • Nabintech