१७ असाेज २०७९, सोमबार
१६ लाख जापनिज यानसहित विमानस्थलबाट एक व्यक्ति पक्राउ
  • मध्यमार्ग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १६ लाख जापनिज यानसहित एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा स्याङ्जाको मिर्मी गाउँपालिका–६ पालिचौरका ४८ वर्षीय रेस्मराज भट्टराई छन्। उनी मंगलबार दिउँसो १ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट सिंगापुर हुँदै जापान लागेका थिए।

भट्टराईले बोकेको कालो रंगको हाते झोला एक्स–रे मेसिनमा जाँच गर्दा १५ लाख ९० हजार यान फेला परेको हो। बिनाअनुमति अवैध रुपमा जापानिज यान बाहिर मुलुक लैजान लागेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका भट्टराईलाई कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ।

  • १८ फागुन २०७८, बुधबार १९:४८ मा प्रकाशित
  • Nabintech