९ असाेज २०७९, आईतबार
अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा ३७ जना पक्राउ
  • मध्यमार्ग

अनलाइनमार्फत जुवा खेलाइरहेको आरोपमा काठमाण्डौको मध्यबानेश्वरबाट ३७ जना पक्राउ परेका छन् ।

पक्राउ परेकामा केही चिनियाँ नागरिक पनि रहेका प्रहरीले जनाएको छ ।

प्रहरी परिसर काठमाण्डौको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । अनलाइनबाट जुवा खेलाउने, धम्क्याउने गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान सुरु भएको काठमाण्डौ प्रहरी परिसरले जनाएको छ ।

  • १० फागुन २०७८, मंगलबार १४:५८ मा प्रकाशित
  • Nabintech