काठमाडौँ उपत्यकाका कतिपय स्थानका फोहोरका थुप्राहरु अझै उठ्न सकेका छैनन् ।
सडकका पेटी, फुटपाथतिर थुपरिएको फोहोर नउठेपछि हिँड्ने यात्रु तथा सवारीलाई समेत असहजता भएको छ । त्यति मात्र होइन दिउँसो गर्मी बढ्न थालेकाले संक्रमण फैलन सक्ने त्रास रहेको जनस्वास्थय विज्ञहरु बताउँछन् ।
काठमाडौँ महानगरपालिकाले फोहोर व्यवस्थापनमा आवश्यक चासो नदिएको स्थानीयहरुको गुनासो छ ।