९ असाेज २०७९, आईतबार
जसपाले असार १ र २ गते विधान महाधिवेशन गर्दै
  • मध्यमार्ग

 

काठमाडौँ, १८ फागुन । जनता समाजवादी पार्टी (जसपा) ले आगामी असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्ने पनि निर्णय गरेको छ ।

जसपामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई छन् भने केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादव छन् ।

जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।

  • १८ फागुन २०७८, बुधबार १५:०२ मा प्रकाशित
  • Nabintech