१७ असाेज २०७९, सोमबार
नेपालमा कोरोनाविरुद्धको खोप
एक करोड ७५ लाख नागरिकले लगाए पूर्ण मात्रा, पहिलो डोज मात्र लगाउनेको संख्या कति?

११ लाख ८९ हजार ८१६ जनाले लगाए बुस्टर डोज

  • मध्यमार्ग

नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता कूल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल जनसंख्यामध्ये दुई करोड १५ लाख ९४ हजार ८१७ जनाले एक मात्रा र एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पूर्णमात्रा खोप लगाएका छन्।

१३ महिनाको अवधिमा तीन करोड ७२ लाख ३३ हजार ८७२ मात्रा खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा ११ लाख ८९ हजार ८१६ जनाले अतिरिक्त मात्रा डोज लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ।

५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन्। सो समूहका बालबालिकालाई सरकारले छिट्टै खोप दिने घोषणा गरिसकेको छ।

मन्त्रालयका अनुसार अबको केहि समयभित्रै यो समूहका बालबालीकाले खोप पाउने छन्। जसका लागि खोप खरिदको प्रक्रिया सुरु भइसकेको छ। यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक पर्छ।

  • १८ फागुन २०७८, बुधबार १०:१३ मा प्रकाशित
  • Nabintech