२० असाेज २०७९, बिहीबार
माधव नेपालको दाबी : हाम्रा कारण एमसीसी हुबहु पारित हुनबाट रोकियो
  • मध्यमार्ग

फाइल तस्वीर।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना एमसीसी जस्ताको तस्तै पारित हुनबाट रोकिएको दाबी गरेका छन्।

मंगलबार एमसीसी सम्झौताबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले आफूहरुले व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने पहल नगरेको भए एमसीसी जस्ताको तस्तै अनुमोदन हुने अवस्था रहेको दाबी गरे। एमालेले एमसीसीलाई विवादित बनाउनेक कार्य गरेको उनको आरोप छ।

तत्कालीन सरकारबाट एमाले मन्त्री प्रदीप ज्ञवालीले अमेरिका पुगेर आईपीएसको अङ्ग बनाएको भन्दै त्यसलाई चिरेर संसद्‌बाट पारित गर्न सफल भएको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा दाबी गरिएको छ।

‘एमसीसी जस्ताको तस्तै पारित गरेको भए देशलाई अप्ठेरो अवस्थामा पुर्‍याउने थियो’ एकीकृत विज्ञप्तिमा भनिएको छ ‘त्यसो हुनबाट रोकिएको छ, यो हाम्रो पार्टीले लिएको अडान र सचेतना अभियानको सफलता हो।’

  • १७ फागुन २०७८, मंगलबार २१:३१ मा प्रकाशित
  • Nabintech