२० असाेज २०७९, बिहीबार
पाँच दिनमा साढे ५ हजार रुसी सैनिक मारिएको युक्रेनको दाबी
  • मध्यमार्ग

युक्रेनी सैन्य अधिकारीहरूले पाँच दिनमा ५ हजार ७१० रुसी सैनिक मारिएको दाबी गरेका छन्। युक्रेनमा रुसले गरेको आक्रमणको मंगलबार छैटौं दिन हो।

फेसबुकमा जारी गरिएको भिडियो सन्देशमा सेनाका प्रवक्ताले युक्रेनी सेनाले २०० भन्दा बढी रुसी सैनिकलाई बन्दी बनाएको पनि दाबी गरेका छन्।

उनले १९८ रुसी ट्यांक, २९ विमान, ८४६ बख्तरबन्द गाडी र २९ हेलिकप्टर पनि ध्वस्त भएको दाबी गरेका छन्। बेलायतको रक्षा मन्त्रालयले पनि युक्रेनमा भएको आक्रमणमा रुसी सेनालाई धेरै नोक्सान भएको दाबी गरेको छ।

आइतबार पहिलो पटक रुसी अधिकारीहरूले आफ्ना सैनिकको पनि मृत्यु भएको स्वीकार गरेका थिए।

  • १७ फागुन २०७८, मंगलबार २०:३७ मा प्रकाशित
  • Nabintech