९ असाेज २०७९, आईतबार
एमालेले भन्यो– एमसीसी कार्यान्वयन हुनुपर्छ
  • मध्यमार्ग

नेकपा एमालेले एमसीसी राष्ट्रको हित प्रतिकूल नहुने गरी कार्यान्वयन हुनपर्ने बताएको छ। एमसीसीको सन्दर्भमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको प्रेस विज्ञप्ति वाचन गर्दै उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन्।

‘एमसीसी परियोजनासँग सम्बन्धित सम्झौता संसद्‌बाट अनुमोदन भइसकेको छ। अब राष्ट्रको हित प्रतिकूल नहुने गरी यसको कार्यान्वयन हुनुपर्दछ’, विज्ञप्तिमा भनिएको छ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमसीसी जस्तो विकास परियोजनाका नाममा देशमा हुँडलो मच्चाउन खोजिएको बताएका छन्। एमसीसी पारित भएपछि पत्रकारसँग कुरा गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले पेस गरे पनि सफल हुन नदिएकोप्रति आक्रोस पोखे।

‘पहिला एमसीसी आईपीएसको अंग हो भनेर भन्नुभयो। अहिले व्याख्यात्मक रुपमा पारित गरेको नाटक गर्नुभयो। एउटा विकासको परियोजना राजनीति नगरेर अगाडि बढाउनु पर्ने थियो,’ ओलीले भने, ‘तर, देशमा हुँडलो मच्चाउन खोजियो। देशमा मतभेद सृजना गर्न खोज्ने र द्वन्द्व सृजना गर्न खोज्ने तपाईंहरुले सुन्नु भयो।’

त्यतिले मात्रै नपुगेर नेपाली जनतालाई धम्क्याउन खोजिएको ओलीले आरोप लगाए। ‘एमसीसीविरुद्ध साधारण आन्दोलनले भएन ६४ सालको जस्तो गर्नु पर्‍यो। उस्तै परे जंगल जान सकिन्छ भन्नेजस्ता धाक धक्कु नेपाली जनताले सुन्नु पर्‍यो,’ओलीलो भने, ‘नेपाली जनतालाई तर्साउन र धम्काउन खोजियो। त्यसका पछाडि धम्कीबाहेक केही देखिँदैन। धम्की दिएर आफ्ना कुरा माथि पार्न खोजियो।’

  • १७ फागुन २०७८, मंगलबार १९:२३ मा प्रकाशित
  • Nabintech