१० मंसिर २०७९, शनिबार
यस्तो छ बुधबार बस्ने संसद् बैठकको सम्भावित कार्यसूची
  • मध्यमार्ग

प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा भरतराज गौतमले बुधबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।

भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’भनी प्रस्ताव प्रस्तुत गर्ने छन्।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

  • १७ फागुन २०७८, मंगलबार १९:१८ मा प्रकाशित
  • Nabintech