कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्फ्यु आदेश हटाएर अनिश्चितकाका लागि निषेधाज्ञा जारी गरिएको छ ।
मंगलबार साँझ जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी कर्फ्यु आदेश हटाएर निषेधाज्ञा जारी गरेको हो ।
प्रशासनले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गरेको विरोधमा प्रदर्शन चर्किएपछि यस्तो आदेश गरेको हो ।
सोमबार सवा ८ बजेदेखि मंगलबा साँझ ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएकोमा अब खुकुले बनाउँदै निषेधाज्ञा जारी गरिएको हो ।
यस्तो छ आदेशः

१७ फागुन २०७८, मंगलबार १९:२६ मा प्रकाशित