९ असाेज २०७९, आईतबार
नेपाली सेनाले यसरी मनायो सेना दिवस [तस्बिरहरू]
  • मध्यमार्ग

नेपाली सेनाले महाशिवरात्रि एवं सेना दिवस अवसरमा टुँडीखेलमा विशेष कार्यक्रम गरि मनाएको छ ।

मंगलबार सेनाले विभिन्न रोमाञ्चक प्रदर्शनहरु गरेको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतको सहभागीता रहेको थियो।

सैनिक मञ्च, टुँडीखेलमा मुख्य समारोह तथा देशभर सेनाका सबै कार्यालय, विभाग, फर्मेशन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रम गरी सेना दिवस भव्यताका साथ मनाइएको छ।

सेना दिवसको अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो।

२०४७ सालबाट नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको छ। कार्यक्रममा नेपाली सेनाले राइफल र तोपबाट महाशिवरात्रिको बढाईंसमेत गरेको छ।

त्यसैगरि बढाईं कवाज अन्तर्गत नेपालको झण्डा, लहरे, एकठ्ठा, षट्कोण अनकार र सेना दिवस २०७८ को आकृतिसमेत प्रस्तुत गरिएको थियो।

नेपाली सेना र नेपालको परम्परागत भेषभूषा झल्कने विविध कला, नृत्य र संगीतको धुन प्रदर्शन गरिएको थियो। कार्यक्रममा विभिन्न खालका सवारीसाधन, उपकरण र हातहतियारको समेत प्रदर्शन गरिएको थियो। समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो।

हेर्नुस् तस्बिरमा :

  • १७ फागुन २०७८, मंगलबार १६:११ मा प्रकाशित
  • Nabintech