९ असाेज २०७९, आईतबार
व्रत बस्नुका के-के छन् वैज्ञानिक फाइदाहरू?
  • एसपी उप्रेती

व्रत बस्नु सामान्यतया धार्मिक रीतिरिवाज र संस्कृतिसँग जोडिएको विषय ठान्ने गरिन्छ । यद्यपि पछिल्लो समय यसका वैज्ञानिक फाइदाहरुका बारेमा अध्ययन अनुसन्धान एवम् विचार विमर्श हुन थालेका छन् ।

मानिसहरुले आफ्नो तौल घटाउन वा सन्तुलित गर्नदेखि स्वस्थ रहने वा आत्मिक शान्तिका लागि समेत व्रत बस्नु श्रेयष्कर हुने अध्ययनहरुले देखाएका छन् । हिन्दु धर्ममा आस्था राख्नेहरुले महाशिवरात्रि, हरितालिका तीज, नवदुर्गाको पूजा, छठ पूजा लगायत अवसरमा व्रत बस्ने गर्दछन् ।

त्यस्तै, हिन्दु संस्कारमै शास्त्रहरुमा उल्लेख भएअनुसार हप्तामा कम्तीमा एक दिन व्रत बस्ने कुरालाई महत्व दिइएको छ । साथै, धार्मिक रुपमा हेर्दा कुन दिन व्रत बसिन्छ त्यही अनुरुपको फल मिल्छ भन्ने विश्वास रहिआएको छ ।

यसैगरी, मुस्लिम समुदायले आफ्नो विशेष पर्वमा एक महिनाको व्रत बस्ने गर्दछन् । क्रिश्चियन समुदालयले पनि व्रतलाई महत्व दिएको देखिन्छ ।

चाहे जुनै धर्म संस्कृतिमा रहेर जुनसुकै कारण वा फलका लागि व्रत बस्ने गरे पनि यसका अनेकौ फाइदाहरु रहेका छन् ।

आज यहाँ व्रत बस्नुका केही लाभहरुका बारेमा चर्चा गरिँदैछ ।

१. शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउँछः

हप्तामा कम्तीमा एक दिन वा आफ्नो अवस्थाअनुसार बेला बेला व्रत बस्नु शारीरिक र मानसिक सुस्वास्थ्यका लागि अति नै लाभदायक हुने गर्दछ । पछिल्लो समय आफ्नो सन्तुलित तौल कायम राख्न वा बढ्न नदिन मानिसहरुले १६ घण्टे फास्टिंग गर्न थालेका छन् ।

त्यो पनि व्रत नै हो भन्ने वैज्ञानिकहरुको तर्क रहेको छ । किनकी १६ केही नखानुको अर्थ कुनै धार्मिक कारण होस् वा नहोस् मानिसको स्वास्थ्यलाई सन्तुलित बनाउन भूमिका खेल्ने चिकित्सकहरु बताउँछन् ।

त्यस्तै, एक अध्ययनका अनुसार कहिलेकाहीँ खाली पेट बस्नु वा पानी मात्र पिउनुले शरीरको पाचन प्रणालीलाई आराम पुग्ने गर्दछ । जसले गर्दा अन्य दिनहरुमा सही तवरले कार्य गर्न सक्छ । व्रत बस्दा शरीर फुर्तिलो हुने समेत दावी गरिन्छ ।

कतिपय रोग जस्तै उच्च रक्तचाप वा डाइबेटिस लागेकाले कम क्यालोरी भएका खाना थोरै मात्रामा खानु पनि अर्थ फास्टिंग भएको चिकित्सकहरु राय छ । जसले स्वास्थ्यलाई थप हानी पुर्याउनबाट जोगाउने उनीहरुको दावी रहेको छ ।

त्यस्तै, कहिलेकाहीँ व्रत बस्नुले मानिसको एकाग्रता क्षमता बढाउनुका साथै सन्तुष्टि प्रदान गर्ने पनि बताइन्छ । त्यस्तै, व्रत बस्नुले मानिसकाले शरीरमा भएको इन्सुलिनको मात्र सन्तुलित हुन सघाउँछ । यसैगरी, रक्तचाप तथा कोलेस्टेरोल सन्तुलित बनाउन पनि भूमिका खेल्दछ ।

२. अनुशासित बनाउँछः

व्रत बस्नुले मानिसलाई एक किसिमका आत्मनुशासन कायम गराउँछ । कम्तीमा केही समय वा कहिलेकाहीँ सात्विक खाना खाने कुरामा मानिस अडिग भएपछि स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ । एक दिन मात्रै भएपनि भोकै बस्नुले शरीरका आन्तरिक क्रियाहरुलाई आराम पुग्नेमात्रै नभएर थप ऊर्जाशील समेत बनाउन मद्दत पुग्दछ ।

३. बौद्धिक क्षमताको वृद्धिः

कहिलेकाहीँ व्रत बस्नुले मानिसको बौद्धिक क्षमतालाई पनि बुस्ट गर्ने अध्ययनहरुले देखाएका छन् । त्यतिमात्र होइन व्रत बस्दा मानिसमा प्रोटिनका कारणले हुनसक्ने मस्तिष्क रोगहरुबाट समेत बचाउन मद्दत गर्दछ ।

४. हार्मोनहरुको सन्तुलित बनाउँछः

व्रत बस्दा ग्रोथ हार्मोनको वृद्धि गराउँछ । जसका कारण पाचन क्रियादेखि मानिसको वृद्धि सबैमा सकारात्मक भूमिका खेल्दछ ।

५. बुढौलीपना घटाउँछः

मानिसको बुढौलीपनाका समस्या पनि व्रत बस्दा कम हुने अध्ययनहरुले देखाएका छन् ।

६. क्यान्सर हुन नदिन भूमिका खेल्छः

कहिलेकाहीँ बसिने व्रतले मानिसाम क्यान्सरको जोखिम समेत कम गर्ने अनुसन्धानबाट पत्ता लागेको उल्लेख छ ।

  • १७ फागुन २०७८, मंगलबार १३:४१ मा प्रकाशित
  • Nabintech