महाशिवरात्रीका अवसरमा पशुपतिनाथको दर्शनका लागि दर्शनार्थीहरुको भीड लागेको छ ।
महाशिवरात्रीको पूर्वसन्ध्या सोमबारदेखि नै भीड लागेको थियो । मंगलबार विहान ३ बजेदेखि मन्दिर खुलेपछि दर्शनार्थीहरुको निकै लामो लाइन देख्न सकिन्छ ।
गेटबाट भित्र प्रवेश गरिसकेपछि ३० मिनेटभित्र दर्शन गरिसकिने भक्तजनहरु बताउँछन् । बाहिरबाट भने करिब एकदेखि डेढ घण्टाको लाइन बसेर दर्शन गर्न पाइने बताइएको छ ।