९ असाेज २०७९, आईतबार
पल शाह प्रकरणमा बोलिन् रेखा थापा
  • मध्यमार्ग

तस्बिर : रेखाकै फेसबुकबाट।

एक नाबालिग गायिकालाई करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहका विषयमा अभिनेत्री रेखा थापाले आफ्नो धारणा सार्वजनिक गरेकी छन्।

यो घटनामा कलाहरू मौन बसेको र बोल्नेहरूले पनि प्राय: शाहकै पक्षमा बोलेको भनेर आलोचना भइरहेका बेला अभिनेत्री थापाको धारणा आएको हो।

थापाले बालिकाले काननु अनुसार सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने बताएकी छन्। थापाले मंगलबार सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले बालिकाको संरक्षण गर्ने भूमिका समाजको हुने उल्लेख गरेकी छन्।

रेखाले बालिकाको कोसँग प्रेम र कति पटक यौनसम्पर्क भयोजस्ता नैतिकतावादी कुरालाई हेरेर कानुनले पीडितलाई झन् पीडा दिन नहुने उल्लेख गरेकी छन्।

‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत: सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्। समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो’, रेखाले लेखेकी छन्, ‘को सँग लभ छ? कतिपटक यौन सम्पर्क भयो? यस्ता नैतीकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन।’

समाजमा आडम्बर व्याप्त रहेको भन्दै उनले केटी मान्छेलाई विश्वभर कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त रहेको उल्लेख गरेकी छन्।

घटनामा मुछिएपछि प्रहरीसमक्ष आत्मसर्पण गरेका अभिनेता शाह यतिबेला तनहुँ प्रहरीको हिरासतमा छन्। उनीमाथि अनुसन्धानका लागि अदालतले ७ दिनको म्याद दिएको छ। पलले तीन दिनअघि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।

  • १७ फागुन २०७८, मंगलबार १०:२१ मा प्रकाशित
  • Nabintech