१८ माघ २०७९, बुधबार
चितुवाको छालासहित बाँकेमा तीन जना पक्राउ
  • मध्यमार्ग

बाँकेमा चितुवाको छालासहित तीन जना पक्राउ परेका छन्। बैजनाथ गाउँपालिका-५ गायत्री टोल बस्ने २८ वर्षीय यामबहादुर बिश्वकर्मा समेत ३ जनालाई दुर्लभ वन्यजन्तु चितुवाको एक थान छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा यामबहादुरसहित जिल्ला बर्दिया मधुवन नगरपालिका-४ का ३० वर्षीय आकाश परियार र सोही ठाउँका ५४ वर्षीय लालबहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसूधन न्यौपानेले बताए।

गायत्री टोलमा चितुवाको छाला ल्याइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरूलाई चितुवाको छालासहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

  • १६ फागुन २०७८, सोमबार ०९:४८ मा प्रकाशित
  • Nabintech