संखुवासभामा भरुवा बन्दुक र मारेको मृगसहित एक जना पक्राउ परेका छन्।
संखुवासभाको चैनपुर नगरपालिका-७ बालेश्वर जंगलबाट एक थान भरुवा बन्दुक र मारेको मृगसहित सोही नगरपालिका-७ फलाटे बस्ने ३५ वर्षीय दिल बहादुर श्रेष्ठ पक्राउ परेका हुन्।
सभापोखरी गाउँपालिका-४ घर भएका श्रेष्ठलाई सोमबार पक्राउ गरिएको संखुवासभा प्रहरीले जनाएको छ।
उक्त जंगलमा जंगली जनावरको शिकार हुँदै छ भन्ने सूचनाको आधारमा अस्थाई प्रहरी पोष्ट पिलुवा खोलाबाट खटिएको प्रहरीले दिलबहादुरलाई मृग मारी घरतर्फ लैजान लागेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
१७ फागुन २०७८, मंगलबार ०९:४० मा प्रकाशित