२० असाेज २०७९, बिहीबार
एमसीसीबारे धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलन गर्दै
  • मध्यमार्ग

प्रतिनिधि सभाबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कम्पयाक्ट (एमसीसी) अनुमोदन भएपछि एमालेले औपचारिक धारणा सार्वजनिक गर्दैछ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आधिकारिक धारणा सार्वजनिक आज पत्रकार सम्मेनल गर्दैछन्।

एमसीसी प्रकरणलगायत मुलुकको विकसित परिस्थितिका बारेमा पत्रकार सम्मेलनमार्फत एमाले अध्यक्ष ओलीले पार्टीको धारणा सार्वजनिक गर्न लागेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए।

आज दिउँसो १ बजे रोयल ब्यांकेट, तीनकुने, काठमाडौंमा पत्रकार सम्मेलन गर्ने तय भएको छ।

  • १७ फागुन २०७८, मंगलबार ०९:१८ मा प्रकाशित
  • Nabintech