९ असाेज २०७९, आईतबार
रुसमाथि फिफा र यूईएफएको प्रतिबन्ध, विश्वकप छनोटको प्लेअफ खेल्न नपाउने
  • मध्यमार्ग

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले रुसलाई प्रतिबन्ध लगाएको छ।

फुटबलका दुवै निकायले सूचना जारी रुसलाई तत्कालका लागि सबैखाले खेलमा प्रतिबन्ध लगाएको जनाएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यवद्धता जनाउँदै फिफा र यूईएफएले रुसमाथि प्रतिबन्ध गरेको हो।

फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्जार माध्यमले जनाएका छन्।

प्रतिबन्धसँगै रुसले मार्चमा पोल्याण्डविरुद्ध हुने विश्वकप छनोटअन्तर्गतको प्लेअफ खेल खेल्न पाउने छैन भने रुसी क्लब मस्को युरोपा लिगबाट बाहिरिएको छ।

  • १७ फागुन २०७८, मंगलबार ०८:४६ मा प्रकाशित
  • Nabintech