नापोली इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। आइतबार राति सम्पन्न खेलमा नापोलीले घरेलु टोली लाजियोमाथि २–१ को रोमाञ्चक जित हात पारेको हो।
स्टेडियो ओलिम्पिकोमा सम्पन्न खेलमा नापोलीको जितमा लोरेन्जो इन्सिग्ने र फाबियन रूइजले एक–एक गोल गरे।
घरेलु टोलीका लागि पेड्रोले एक गोल फर्काए। खेलको ६२औं मिनेटमा इन्सिग्नेले पाहुना टोलीलाई अग्रता दिलाएका थिए। ८८ औं मिनेटमा पेड्रोले गोल गर्दै लाजियोलाई १–१ को बराबरीमा ल्याए।
थप गरिएको समयमा रूइजले गोल गरेपछि नापोली २–१ गोलअन्तरले विजयी बन्यो। जितसँगै शीर्ष स्थानमा उक्लिएको नापोलीले २७ खेलमा ५७ अंक छ। पराजित लाजियो समान खेलबाट ४३ अंकका साथ सातौं स्थानमा छ।
१६ फागुन २०७८, सोमबार ०८:३२ मा प्रकाशित