१० मंसिर २०७९, शनिबार
दुर्घटना
नुवाकाेटकाे किस्पाङमा बस दुर्घटना, ८० जना घाइते

घाइतेमध्ये १७ जनाको काठमाण्डौ र सात जनाको त्रिशूली अस्पतालमा उपचार चलिरहेको छ ।

  • मध्यमार्ग

नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ६ मा आज आइतवार बस दुर्घटना हुँदा ८० जना घाइते भएका छन् ।

किट्नेबगरबाट त्रिशुली गइरहेकाे प्रदेश ३–०१००६ ख १५४१ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये १७ जनाको काठमाण्डौ र सात जनाको त्रिशूली अस्पतालमा उपचार चलिरहेको छ । बाँकी घाइते सामान्य उपचारपछि घर फर्किएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

क्षमताभन्दा धेरै यात्रु र अप्ठ्यारो सडकका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

  • ८ फागुन २०७८, आईतबार २२:३४ मा प्रकाशित
  • Nabintech