१७ असाेज २०७९, सोमबार
२०६९ सालमा यस्तो थियो जाजरकोट [तस्बिरहरू]
  • मध्यमार्ग

जाजरकोट भन्ने बित्तिकै तपाईंको दिमागमा के आउँछ? पक्कै पनि जाजरकोटका नाममा निर्माण गरिएको ‘भाष्य’लाई सम्झिनुहुन्छ होला। पहाडी दुर्गम जिल्ला। रोग, भोक र अभावले पिल्सिएको जिल्ला। तर, तपाईं जाजरकोट पुग्नुभयो भने तपाईंले सुनेको र कल्पना गरेको भन्दा पक्कै फरक पाउनुहुनेछ।

प्राकृतिक सौन्दर्य, रहनसहन र संस्कृतिको भिन्दै अस्तित्व छ जाजरकोटमा। मौलिक पहिचान बेग्लै छ। जाजरकोटको मौलिकताबारे हामी अर्को कुनै श्रृंखलामा चर्चा गर्नेछौं।

हुन त जाजरकोटको भौतिक स्वरूप अहिले फेरिएको छ। सदरमुकामसम्म बाटोको कुनै समस्या छैन। गाउँ गाउँमा बाटो पुग्दैछ। सदरमुकाममा कंक्रिटका घरको संख्या दिनानुदिन बढ्दैछ। गाउँमा पनि कंक्रिटका घर बन्न थालेका छन्।

सायद भोलि कंक्रिटका घरको जंगल बन्नेछ सदरमुकाममा! त्यसकारण हामीले यहाँ केही त्यस्ता तस्बिर प्रस्तुत गर्दैछौं, जसले भोलि हिजोको सम्झना दिलाउनेछन्।

यी तस्बिर २०६९ कात्तिकमा लिइएका हुन्।

जाजरकोट सदरमुकाम खलंगाको एक भाग।

जाजरकोट सदरमुकाम खलंगाको एक भाग।

बारेकोट गाउँपालिकाको सिर्पाचौर गाउँ। जहाँ जनजाति समुदायको बाहूल्य छ।

कुशे गाउँपालिकाको दम्दाला गाउँ। यो गाउँ सुन्तलाका लागि प्रख्यात छ।

जाजरकोट र रुकुम चौरजहारीको बीच भएर बग्ने भेरी नदी।

  • १५ फागुन २०७८, आईतबार ००:३७ मा प्रकाशित
  • Nabintech