एक शिक्षिकालाई बलात्कार गरेको आरोपमा एमाले सांसद मोहन बानियाँ पक्राउ परेका छन्।
जबरजस्ती करणी (बलात्कार)को आरोप लागेका प्रतिनिधि सभा सदस्य बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बानियाँ पक्राउ परेको पुष्टि गरे।
प्रतिनिधि सभा सदस्य बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।
महिलाको जाहेरीपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। मुगु स्थायी ठेगाना भएका सांसद बानियाँ एमालेका समानुपातिकतर्फका सांसद हुन्।
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा बानियाँ बिनाविभागीय मन्त्री बनाइएका थिए।
१६ फागुन २०७८, सोमबार २१:४४ मा प्रकाशित