९ असाेज २०७९, आईतबार
४३ डीएसपीको सरुवा, अंगुर जिसीले पहिलोपटक पाए इन्चार्ज [सूचीसहित]
  • मध्यमार्ग

काठमाडौं- नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौंका दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी वृत्तका इन्चार्ज (प्रमुख)हरूको समेत काज सरुवा गरेको छ।

यस्तै, अन्य केही जिल्लाका प्रमुखहरू पनि फेरिएका छन्। डीएसपी निशान्त श्रीवास्तवको बानेश्वर, संजिबबहादुर खड्काको गौशाला, कोपिला चुडाँलको दरबारमार्ग, हरिबहादुर बस्‍नेतको बौद्ध, गणेशबहादुर बमको लैनचौर र अंगुर जिसीको महाराजगन्ज प्रहरी वृत्तमा सरूवा भएको छ।

निर्मला पन्त बलात्कार तथा हत्या घटनाको बेला निलम्बनका परेका जिसीले पहिलोपटक इन्चार्जसिप पाएका हुन्। अदालतको फैसलाले उनी काममा फर्किएका थिए। त्यसपछि उनी जिल्ला प्रहरी परिसर ललितपुरमा थिए। निर्मलाको घटना हुँदा उनी सीआईबीमा थिए।

जिसी अपराध, अनुसन्धानमा काबिल अफिसरका रूपमा परिचित छन्।

हेर्नुहोस् सूची:

  • २० साउन २०७९, शुक्रबार २०:०९ मा प्रकाशित
  • Nabintech