१० मंसिर २०७९, शनिबार
रोकियो मतदाता नामावली संकलन
  • मध्यमार्ग

काठमाडौं– सरकारले आउँदो मंसिर ४ गतेका लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आज शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन शुक्रबारदेखि रोकिएको हो ।

यसअघि अनलाइन प्रविधिमार्फत् मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति शनिबारसम्म काम हुनेछ।

आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन थालेको थियो। आयोगले यसबीचमा भएको नामावली संकलनबाट करिब १० लाख मतदाता थपिने अनुमान गरेको छ।

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता थिए।

  • २० साउन २०७९, शुक्रबार ०७:५५ मा प्रकाशित
  • Nabintech