९ असाेज २०७९, आईतबार
बार्सिलोना जाने चर्चा चलेका सेसरले गरे स्पेनी क्लबकै सम्झौता नवीकरण
  • मध्यमार्ग

काठमाडौं– क्याटलान क्लब बार्सिलोना जाने चर्चाकाबीच लन्डन क्लब चेल्सीका कप्तान सेसर एज्पिलिक्वेटाले क्लबमा सम्झौता नवीकरण गरेका छन्।

स्पेनिस राइट ब्याक सेसरले थप दुई वर्षको सम्झौता नवीकरण गरेका हुन्। उनी सन् २०२४ सम्म क्लबमा रहने छन्। उनको सम्झौता अझै १ वर्ष बाँकी रहँदा बार्सिलोनाले जाने चर्चा चलेको थियो।

सेसर २०१२ मा फ्रान्सेली क्लब मार्सेबाट चेल्सीमा आएका थिए। त्यसयता उनले चेल्सीका लागि ४७६ खेलमा १७ गोल गरेका छन्। ‘म हाम्रो साहसिक कार्य जारी राख्न तत्पर छु। म टोलीको कप्तान हुँ र मलाई आशा छ कि हामीसँग धेरै राम्रो सम्झनाहरु छन्,’ उनले भने।

सेसर चेल्सीमा रहँदा प्रिमियर लिग, एफए कप, लिग कप, च्याम्पियन्स लिग, युईएफए सुपर कप र फिफा क्लब विश्वकप जित्ने ६ खेलाडीमध्ये एक हुन्। सेसरले स्पेनका लागि ४० खेल खेल्दा एक गोल गरेका छन्। उनी २०१३ देखि स्पेनको टोलीमा छन्।

  • २० साउन २०७९, शुक्रबार ०७:४८ मा प्रकाशित
  • Nabintech