काठमाडौं– सरकारले आउँदो मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको चुनाव गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो मंसिर ४ गते एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन गर्ने निर्णय गरेको हो।
यसअघि बुधबार बसेको सत्ता गठबन्धनको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो। सोही अनुसार मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले जानकारी दिए।
अघिल्लोपटक, २०७४ सालमा प्रतिधि सभा र प्रदेश सभाको निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा भएको थियो।
१९ साउन २०७९, बिहीबार १४:४७ मा प्रकाशित