१० मंसिर २०७९, शनिबार
इन्धनको मूल्य घटाउन सकिँदैनः आयल निगम
  • मध्यमार्ग

काठमाडौं । इन्डियन आयल कर्पोरेशनबाट इन्धनको मूल्य घटेर आए पनि नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने स्पष्ट पारेको छ ।

निगमले वुधबार एक विज्ञप्ति जारी गर्दै हाल मासिक १ अर्ब २७ करोड घाटा रहेको जनाएको छ ।

निगमका अनुसार पछिल्लो मूल्यसूची बमोजिम डिजेलमा प्रतिलिटर ९ रुपैयाँ २७ पैसा, एलपी ग्याँस प्रति सिलिण्डर ४९९ रुपैयाँ ५७ पैसा घाटा रहेको उल्लेख छ ।

पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ७८ पैसा र मट्टितेल तथा हवाई इन्धनमा केही मात्र नाफा रहेको उल्लेख छ ।

निगमले अहिलको अवस्थामा पनि घाटा धेरै भएकाले मूल्य समायोजन गर्न नसक्ने बाध्यता रहेको जनाएको छ ।

हेर्नुस् विज्ञप्तिः

  • १९ साउन २०७९, बिहीबार ०७:५६ मा प्रकाशित
  • Nabintech