काठमाडौं: सरकारले आज संघ र प्रदेशको निर्वाचन मिति तोक्ने तयारी गरेको छ ।
आज सत्ता गठबन्धनको बैठकपछि बस्ने मन्त्रिपरिषदको बैठकले निर्वाचनको मिति तोक्ने बताइएको छ ।
मन्त्रिपरिषद बैठक दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
हिजा भएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए ।
यता निर्वाचन आयोगले पनि मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा सम्पन्न गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।
१९ साउन २०७९, बिहीबार ०८:५४ मा प्रकाशित