काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयले, स्कुल अफ म्यानेजमेन्ट (मुसोम)का लागि शैक्षिक र प्रशासनिक पदहरूमा शिक्षक तथा कर्मचारी माग गरेको छ।
खुला प्रतियोगिताद्वारा करार सेवामा ६ पदपूर्तिका लागि विश्वविद्यालयले आवेदन आह्वान गरेको हो।
उपप्राध्यापक, प्रशासनतर्फ मुख्य सहायक, कम्प्युटर प्राविधिकलगायत पदमा आवेदन आह्वान गरिएको मध्यपश्चिम विश्वविद्यालयको सूचनामा उल्लेख छ।
योग्यता पुगेका नेपाली नागरिकले भदौ ८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ। दोब्बर दस्तुर तिरेर भदौ १५ गते सम्ममा दरखास्त दिन सकिने सूचनमा उल्लेख छ।
सामान्य व्यवस्थापन विषयका एक, वित्त शास्त्रका एक, लेखा शास्त्रका एक उपप्राध्यापक मागिएको छ।
मुख्य सहायक प्रशासक एक, मुख्य सहायक कम्युटर प्राविधिक एक र मुख्य सहायक रिसेप्सनिस्ट एक जना माग गरिएको छ।
हेर्नुहोस् सूचना :

५ साउन २०७९, बिहीबार ०८:२८ मा प्रकाशित