९ असाेज २०७९, आईतबार
धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो ६ स्टाफ नर्ससहित २० कर्मचारी
  • मध्यमार्ग

काठमाडौं– भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले कर्मचारी माग गरेको छ। केन्द्रले रिक्त पदपूर्तिका लागि ६ स्टाफ नर्ससहित २० कर्मचारीका लागि बिहीबार दरखास्त आह्वान गरेको हो।

केन्द्रले करारमा कर्मचारी पदपूर्ति गर्न लागेको जनाएको छ। योग्यता पुगेका उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ।

केन्द्रले पाचौँदेखि आठौं तहसम्मका कर्मचारी माग गरेको हो। पाँचौं तहका ११, आठौं तहका आठ र हेल्थ केयर म्यानेजमेन्ट अधिकृत एक जनाका लागि दरखास्त आह्वान गरिएको छ।

  • ५ साउन २०७९, बिहीबार ०७:२९ मा प्रकाशित
  • Nabintech