९ असाेज २०७९, आईतबार
दुई हजार ३६० सवारी साधनलाई ठाउँको ठाउँ कारबाही
  • मध्यमार्ग

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौंमा उपत्यकामा एकैदिन दुई हजार ३६० सवारी साधनलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार ती सवारी साधनललाई कारबाही गरेको हो।

ट्राफिक प्रहरीका अनुसार मादक पदार्थ प्रयोग गरि चलाएका १४०, लेन अनुशासन पालना नगर्ने ७४, ट्राफिक बत्ती पालना नगर्ने ४९ सवारी साधनलाई कारबाही गरिएको हो।

यस्तै, नम्बर प्लेट मेटिएका, नदेखिएका लगायतका ४४  र अन्य २०५३ गरि जम्मा २३६० सवारी साधनलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ।

सोमबार  २०८० र आइतबार १९०८ सवारी साधन कारबाही परेका थिए।

  • ४ साउन २०७९, बुधबार १०:०६ मा प्रकाशित
  • Nabintech